चुत्राबेसीको त्रिबेणी कलोनीमा सनराईज बेकरी उद्योग संचालन

बसन्त श्रेष्ठ/ अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर २ चुत्राबेसी स्थित त्रिबेणि कलोनीमा रहेको सनराईज बेकरी उद्योगको वडाअध्यक्ष मोतिजंग रायमाझीले उदघाटन गर्नु भएको छ। 
उद्योगको उदघाटन गर्दै समय अनुकुलको बेकरी उद्योगको स्थापनाले उपभोक्ताको मागलाई परिपुर्ति गर्न अत्यन्तै सहज हुने  उल्लेख गर्नुभयो।
उहाँले हरेक दिन जसो मनाईने जन्मदिन ,बार्षिक उत्सब र नास्ताको लागि प्रयोग हुने सामाग्री खपत भै उपभोक्ताको माग र इच्छा पूरा गर्न ब्यबसाय सफल हुने छ भन्दै ब्यबसाय सफलताको  शुभकामना समेत दिनु भएको छ। 
बेकरी संचालक पवन शाहले उद्योगमा अत्याधुनिक मेशिन बाट तैयार गरिएको  बर्डकेक, बटेस्करी ,स्टभरी पाउरोटी ,लगायत २ दर्जन प्रकारका सामाग्री उपलब्ध हुने जानाकारी दिनुभयो। 
उहाँले बाहिर बाट आयातित सामाग्री प्रयोग गर्न बाध्य उपभोक्ता लाई ताजा स्वच्छ सामाग्री उपलब्ध गराउनु प्रमुख उदेश्य रहेको बताउनु भयो।
बिदेश तथा स्वदेशमै २० बर्षको अनुभव सँगाल्नु भएका शाहले पछिल्लो पटक जन्मदिन,विभिन्न संघ संस्थाका बार्षिक उत्सब लगायतका शुभ कार्यमा प्रयोगमा आउने हरेक सामाग्री उत्पादन गरिने बताउनु भयो।
गुणस्तर युक्त स्वच्छ ताजा आफ्नै उद्योगमा उत्पादन गरिएको सामाग्रीको एकपटक प्रयोग गरि स्वाद लिन उहाँले आम उपभोक्ता लाई अनुरोध समेत गर्नु भएको छ।
 कतिपय सामाग्री पहिला नै उत्पादन हुने र ग्राहकको अनुरोध अनुसार सामाग्री तैयारी गर्नुपर्ने भएकोले उचित समयमा अडर गर्न सकिने उत्पादन गरिएको बस्तु घर घर पुर्‍याई दिने ब्यबस्था समेत रहेको र त्यसको निम्ति प्याकीङ गर्ने सामाग्री समेत छुट्टै ब्यबस्थापन गरिएको छ।