आफ्नो पार्टीको विवादलाई लिएर संसद विघटन गर्नु लोकतन्त्र माथिको कुठाराघात : राजमो केन्द्रिय सदस्य खड्का

माधव खनाल
 
मल्लरानी, ७ पौष । राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य कृष्णबहादुर खड्काले आफ्नो पार्टीको विबादलाइ लिएर संसद विघटन गर्नु भनेको लोकतन्त्र माथिको कुठाराघात भएको आरोप लगाउनुभएको छ ।
मंगलबार राष्ट्रिय जनमोर्चा मल्लरानी गाउँपालिका वार्ड नम्बर २र ३ ले आयोजना गरेको राष्ट्रियता धर्म निरपेक्षता को  रक्षा गरौं ,संघीयता र भ्रष्टाचारको बिरोध गरौं भन्ने मुल नाराकासाथ मल्लरानीको चुजाठाटीमा भएको बिरोध शभालाइ सम्बोधन गर्दै नेता खड्काले सो कुरा बताउनुभएको थियो ।
यस्तै बिरोध शभालाइ सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश समिति अध्यक्ष बोमबहादुर खत्रीले केपि वलि नेतृत्वको वर्तमान सरकारले जनताको अभिमतलाइ लत्याउदै समयावधि भन्दा अगाबै संसद बिगठन गरेको आरो लगाउनुभयो ।
बिरोध शभालाइ सम्बोधन गर्दै अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रिय सदस्य तथा मल्लरानी गाउँपालिकाका प्रमुख अम्मरध्वज रानाले के पि वलिको निरङ्कुसता कारण नेपाल र नेपालिको भविस्य माथी खेलवाड भएको आरोप लगाउनुभयो ।
बिरोध शभालाइ राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश समिती सदस्य तथा जिल्ला समन्वय समितिका प्रमुख केसबराज आचार्य अखिल नेपाल शिक्षक संघका महासचिव चक्रपाणी पौडेल लगायतले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रम राष्ट्रिय जनमोर्चाका मल्लरानी गाउँपालिका अध्यक्ष सुर्य बहादुर नेपालिको अध्यक्षता राष्ट्रिय जनमोर्चा मल्लरानी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष गिरिराज पौडेलको स्वागत र राष्ट्रिय जनमोर्चा मल्लरानी गाउँपालिका सचिव जिवलाल खत्रीको संचालनमा सम्पन्न भएको थियो ।