जुकेनाकी बाल कलाकार एक्टिमाको पहिलो गित चिया कपैले सार्वजनिक

शिव कुमार बेल्बासे
जुकेना । अर्घाखाँची जिल्लाको जुकेनामा जन्मेर कपिलवस्तुको चन्द्रौटामा बस्दै आएकी ६ वर्षीया बहु प्रतिभाशाली चर्चित नवबालकलाकार एक्टिमा परियारको पहिलो गित सार्वजनिक भएको छ ।सानो उमेरमा नै विभिन्न मेला महोत्सवका स्टेजमा,युटुब च्यानलमा ,रेडियो कार्यक्रममा र चर्चित लाइभ दोहोरी इन्द्रेणी कार्यक्रममा गीत गाएर आमदर्शकको मन जित्दै हौसला प्राप्त गर्दै आएकी एक्टिमाको आफ्नै स्वर रहेको पहिलो गीत चिया कपैले बोलको गीत सार्वजनिक भएको हो।

गायक रामु विरही मल्लको लय, शब्द रहेको गीतमा एक्टिमा परियार र विवेक मल्लको स्वर रहेको गितको भिडियोमा एक्टिमा परियार,सचिन परियार , विवेक मल्ल लगायतका बालकलाकारहरुको प्रस्तुतिरहेको गित साथीभाई म्युजिक प्रालिको युटुब च्यानलबाट सार्वजनिक भएको हो।
सानो उमेरमा नै विभिन्न मेला महोत्सवका स्टेजमा गीत गाएर दर्शकको मन जित्दै हौसला प्राप्त गरेकी एक्टिमाको अद्भुत प्रतिभा देखेर विभिन्न युटुव सञ्चालक नै आएर अन्तर्वार्ता लिएपछि झन चर्चामा आएकी छिन्।उनले चर्चित लोक दोहोरी कार्यक्रम इन्द्रेणीमा पनि पटकपटक लाइभ दोहोरी गाएर सम्पूर्ण नेपालीको मनमा बस्न सफल भएकी छिन।
एक्टिमा परियारलाई गित रेकर्ड गराउनमा चर्चित लोक दोहरी कार्यक्रम इद्रेणीमा चर्चामा आएपछि अझ विशेष सहयोग पुर्‍याएको छ। लोक दोहरी कार्यक्रम इद्रेणी समूहले एक्टिमालाई उच्च शिक्षा हासिल गर्न विशेष सहयोग गर्ने जनाएको छ ।