युरोपका दुई विमान कंपनीहरुले ज्वालामुखीको क्षति पत्ता लगाउन परीक्षण उडान

युरोपका दुई विमान कंपनीहरुले ज्वालामुखी फुटेर आएको खरानीले विमानलाई कस्तो क्षति पु-याउन सक्छ भन्ने पत्ता लगाउन परीक्षण उडान गरेका छन्।

जर्मन विमान कंपनी लुफ्थान्सा र डच कंपनी केएलएमले परीक्षणबाट उनीहरुलाई आफ्ना उडानहरु फेरि शुरु गर्न अनुमति प्राप्त हुन सक्ने आशा गरेका छन्।

आइसल्याण्डमा ज्वालामुखी फुटेर उडेको खरानीबाट उत्पन्न खतराका कारण युरोप जाने र त्याहाँबाट आउने दशौं हजार उडानहरु रद्द गर्नु परेपछि ती परीक्षण उडानहरु गरिएका थिए।

निरीक्षण

लुफ्थान्साले यात्रुहरु नराखीकनै फ्रांकफर्टबाट म्युनिखसम्म दशवटा विमानहरु उडाएको थियो।

ती विमानहरु तीन हजार मिटरको उँचाइमा उडेका थिए।

व्यावसायिक विमानहरु उड्ने सामान्य उचाई भन्दा यो धेरै कम हो।

कंपनीका एकजना प्रवक्ताले विमान अवतरण गरेपछि निरीक्षण गरिएको बताए।

उनका अनुसार जेट इन्जिन वा ककपिटमा क्षति पुगेको कुनै चिन्ह देखिएन।

तर ज्वालामुखीको खरानीले विमानको इन्जिनमा असर पार्ने चिन्ता छ।

डच कंपनी केएलएमले एउटा विमानलाई खरानीका चप्पा भएको अनुमान गरिएको अधिकतम उचाईसम्म उडाएको थियो।

images

त्यो विमानमा पनि तत्काल कुनै असर परेको संकेत देखिएन।

केएलएमका अनुसार उक्त बोइङको संपूर्ण जाँच गरिंदैछ।

images

यो प्राविधिक जाँचबाट कुनै खराबी फेला परेन भने जर्मनीमा रहेका आफ्ना विमानहरु मध्ये सातवटालाई नेदरल्याण्ड फिर्ता ल्याउन अनुमति पाउने आशा कंपनीका अधिकारीहरुले गरेका छन्।

त्यसपछि उनीहरु आंशिक भएपनि आफ्ना उडानहरु गर्न खोज्नेछन्।

images

आइसल्याण्डमा गएको साता फुटेको ज्वालामुखीको खरानीले आकाश ढाकेपछि युरोप भरि विमानहरु रोकिएका छन्।

उडान अनुमति कहिले देखि खुल्ला हुने हो भन्ने निश्चित छैन।

युरोपको आकाश जति लामो समय सम्म बन्द हुन्छ त्यतिनै अलपत्र पर्ने यात्रुहरुको संख्या बढ्नेछ। युरोपबाट शुरु भएको हवाई अस्तव्यस्तता संसारभरी फैलिरहेको छ।

रद्द

Nepal life insurance

एसियाबाट युरोप जाने कैयौं उडानहरु रद्द गरिएका छन्।

प्रमुख शहरहरुका होटेलहरु अलपत्र परेका यात्रुहरुले भरिएका छन्।

होटेलमा कोठा नपाएका यात्रुहरुलाई विमान कंपनीहरुले स्लिपिंग ब्याग र ओढ्ने दिएका छन्।

अलपत्र परेका यात्रुहरुले शहरमा होटेल कोठा पाउन असंभव जस्तै भएको बताएका छन्।