सन्धिखर्क नगरपालिकाका प्रमुख, उपप्रमुखसँग पुर्बप्रधानमन्त्री बाबुराम भट्टराईको भेट्घाट सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता
 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाका प्रमुख, उपप्रमुखसँग पुर्बप्रधानमन्त्री तथा जनता समाजबादी पार्टी संघिय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईले भेट्घाट गरेका छन् ।
सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल, उपप्रमुख ठाकुर कुमार बिक लगायतसँग पुर्बप्रधानमन्त्री तथा जनता समाजबादी पार्टी संघिय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईले नगर कार्यालयमा भेट्घाट गरेका हुन् ।
भट्टराईलाई सन्धिखर्क नगरपालिकामा स्वागत गर्दै अर्घाखाँचीलाई प्रर्यटकिय हिसाबले कसरी अगाडि लग्न सकिन्छ भन्ने बिषयमा सन्धिखर्क नगरपालिकाका  मेयर कमल प्रसाद भुसाल उपमेयर ठाकुर कुमार बिक लगायतसँग छलफल भएको थियो ।
जनता समाजवादी पार्टी नेपाल अर्घाखाँचीले आज मंगलबार आयोजना गरेको भेटघाट तथा प्रशिक्षण कार्यक्रमका लागि पूर्व प्रधानमन्त्री एवम जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई सदरमुकाम सन्धिखर्कमा हिजो आएका थिए ।

अन्य समाचारहरु