खरको छानोमुक्त बनाउने सन्धिखर्क नगरका जनता पलास्टिकको छानो मुनी झुप्रोमा बस्न वाध्य

२०७७ फाल्गुन १८, मंगलवारमा प्रकासित

अर्घाखाँचीडट्कम संवाददाता | युवराज आचार्य
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाकाे सन्धिखर्क नगरपालिकाले नगरलाई खरको छानोमुक्त नगर बनाउने भने यहाँका गरिव विपन्न परिवारहरु पलास्टिक लगाएर बनाएको छानोको घरमा बस्न वाध्य छन् ।

सन्धिखर्क नगरपालिका वार्ड नम्बर ११ डिभर्नाको धारामाथीका झबिन्द्र बहादुर सार्कीको ५ जनाको परिवार आर्थिक अभावको कारण पलास्टिक छानोको घरमा बस्न वाध्य हुन् ।
वर्षातको समय पानी चुहेर बस्न नसक्ने अवस्थामा छ । झबिन्द्रले वर्षौदेखि गाबिस, वार्ड नगरपालिकामा धाउदा पनि कसैले सहयोग गरेका छैनन् । परिवारमा श्रीमती र छोरा अपाङ्ग छन् ।
झबिन्द्रलाई अहिलेसम्म नगरपालिकाबाट कसैले सोधेको छैन् । भने वार्डका प्रतिनिधिहरुले अहिलेसम्म ध्यान दिएका छैनन् ।
उता आर्थिक अभावको कारण खरको छानोमुनि बस्न बाध्य नगरबासीका लागि नगरपालिकाले जस्ता पाता दिएर खरको छानोमुक्त बनाउने भन्दै बताउदै आएको छ । सन्धिखर्क नगरपालिकाले खरका छाना मुक्त नगरपालिका बनाउने अभियान अन्तरगत नगरपालिका बाट टेन्डर गरि जस्तापाता बितरण प्रकिया अगाडि बढाएको पनि बताएको छ ।
साथै नगरपालिकाका प्रतिनिधि, राजनीतिक दलहरुले आफ्ना मान्छेहरुलाई जस्ता पाता बितरण गर्दै आएको आरोप नगरबासीको छ । उनिहरु भन्छन्; यहाँ गरिवले केही पाउदैन हुने खानेले नै पाउन्छन् । “
यस अगाडी छत्रदेव गाउँपालिकाले खरको छानोमुक्त अभियान चलाएको थियो ।

अन्य समाचारहरु