गणेश खनाल
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका र नेपाल बैक लिमिटेड बीच सुलभ कृषि कर्जा हस्ताक्षर कार्यक्रम सम्पन्न भएकाे छ ।
व्यावसायिक कृषि गर्नेलाई सुलभ कृषि कर्जा प्रदान गर्न नगरपालिका र नेपाल बैंक लिमिटेड बिच सन्धिखर्क नगरपालिका को सभाहलमा नगरपालिका का प्रमुख कमल प्रसाद भुसाल र नेपाल बैंक लिमिटेडका लुम्बिनी प्रदेशका मुख्य प्रबन्धक लेखनाथ भुसालले सम्झौतापत्रमा हस्ताक्षर गरिएको थियोे ।
कृषि पेशा गर्नेलाई बिनाधितो कर्जा प्रर्वाह गर्न कुनै पनि प्रकारको शुल्क नलाग्ने, ब्याजदर पनि दुईदेखि तीन प्रतिशतको हाराहारीमा रहने नेपाल बैंक लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख मुख्य प्रबन्धक लेखनाथ भुसालले जानकारी दिनु भयो सुलभ कृर्षि कर्जा लिने व्यवसायीलाई बैंकले इन्टरनेट बैंकिङ, एटिएम सेवा, इबिबिएसलगायतका सेवासमेत निःशुल्क प्रदान गर्ने मुख्य प्रबन्धक भुसाले जानकारी गराउनु भयो ।

सन्धिखर्क नगरपालिकाको रु ७५ लाख र नेपाल बैंक लिमिटेडको र ७५ लाख गरी रु एक करोड ५० लाख कृषि पेशा गर्ने युवालाई रु एक लाखदेखि तीन लाखसम्म सुलभ कर्जा प्रदान गरिने सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमलप्रसाद भुसालको भनाइ छ ।कार्यक्रममा प्रमुख प्रसासकिय अधिकृत कृस्न प्रसाद साप्कोटा वार्ड नम्बर १० का वार्ड अध्यक्ष लक्ष्मिनारायण चुदालि वार्ड सदस्य नारायण अर्याल शिक्षा उपसचिव युगल बस्याल लगाएतको उपस्थिति मा कार्यक्रम सम्पन्न भएको थियोे । कार्यक्रम कृर्षि शाखा प्रमुख राजेन्द्रप्रसाद भट्टराई को सन्चाल स्वास्थ्य शाखा प्रमुख पुर्ण प्रसाद पराजुली को स्वागत मन्तब्य नगरपालिका का उपप्रमुख ठाकुर कुमार बिकको अध्यक्ष तामा कार्यक्रम सम्पन्न भएको हो ।
कोभिडको कारणबाट स्वदेश फर्किएका, हातमा सीप, श्रम र क्षमतावान युवालाई कर्जामा पहँुच पु¥याउन सुलभ कृषि कर्जा कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले बताउनुभयो । नागरिकमा वित्तीय पहुँच पु¥याउने, पैसा नभएर उद्यमशील हुन नसकेका र वित्तीय पहँुच नभएका नागरिकलाई उद्यमशील बनाउने उद्देश्य कार्यक्रमको उद्देश्य रहेको छ ।