अर्घाखाँचीडट्कम संवाददाता
असुरकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नं. ५ असुरकोटमा कृषकहरुलाई स्वस्थ बिरुवा उत्पादन र बिरुवा लगाउने तालिम कार्यक्रम सम्पन्न भएको छ ।
असुरकोटमा रहेका फुलबारी महिला कृषक समूह दयठाटी, हातेमालो महिला कृषक समूह बुदुनमारामा आचार्य एग्रोभेट सेन्टरको आयोजना तथा सहयोगमा कृषकहरुलाई निशुल्क रुपमा गुणस्तरीय बीउ उपलब्ध गराई स्वस्थ बिरुवा उत्पादन गरि बिशेष तालीमका साथ बिरुवा लगाउने कार्यक्रम सम्पन्न भएको हो ।
तालिमको सहकार्य किसान दुई परियोजना एएमटी पदम प्रसाद पण्डित तथा कृषि प्राबिधिक पुस्पा खनालले गरेका थिए ।