अर्घाखाँचीडट्कम संवाददाता
नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकामा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको चैत्र ४ देखि ६ गतेसम्म हुने भएको छ।
भुमिकास्थान नगरपालिकामा बुधवार सम्पन्न बठैकले पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको चैत्र ४ देखि ६ गतेसम्म गर्ने निर्णय गरेको हो ।
बैठकमा नगर प्रमुख उप प्रमुख, प्रमुख प्रशाकिय अधिकृत, शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख, जिल्ला खेलकुद विकास समितिका कार्यलय प्रमुख जनार्दन गैरै ज्यु खेल शिक्षक,प्रधान्यापक,खिल्जि चौकीका सुरक्षा कर्मीका प्रमुख,पालिका कर्मचारी ज्युहरु लगायतको उपस्थित रहेको थियो ।