ठाडामा चैत्र २७ र २८ गते प्रथम शितगंगा पुरुष ब्याडमिन्टन कप हुने

अर्घाखाँचीडट्कम संवाददाता 
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा पहिलो पटक पुरुष ब्याडमिन्टन कप हुने भएको छ । 
ठाडा ब्याडमिन्टन क्लबको आयोजनामा आगामी चैत्र २७ र २८ गते पहिलो पटक पुरुष ब्याडमिन्टन कप ठाडामा हुने भएको हो ।
ब्याडमिन्टन कपमा भाग लिनेले चैत्र २४ गतेसम्म टिम दर्ता गर्न सकिनेछ । 

अन्य समाचारहरु