अर्घाखाँचीडट्कम संवाददाता
फुदवाङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटको फुदवाङमा महिला विषेश सेनेटरी प्याड बनाउने ७ दिने तालिम शुरु भएको छ ।
खाँचीकोटको फुदवाङमा आज आईतबारदेखि महिला विषेश सेनेटरी प्याड बनाउने ७ दिने तालिम शुरु भएको हो ।
तालिमको एक कार्यक्रमका बीच नगर प्रमुख कमल प्रसाद भुसालले उद्द्घाटन गर्नु भएको थियो । कार्यक्रममा वार्ड अध्यक्ष प्रितम थापा लगायतको उपस्थिती रहेको थियो ।