बिक्रम आचार्य
जुकेना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नं. ६ जुकेनाकाे दाङसिन क्षेत्रकाे वनमा भिषण आगलागी भएको छ । करिब साँझ सात बजेबाट लागेको आगो बनमा फैलिएको छ ।
आगो नियन्त्रणका लागि स्थानीय बासिन्दा जुटेका छन् । अचानक फैलिएको आगो नियन्त्रणमा ल्याउन समस्या देखिएको स्थानियले राताे प्रेसलाइ बताएका छन ।
आगलागी भएकाे क्षेत्र र बस्तीकाे क्षेत्रमा आगो पुग्ने बढी सम्भावना रहेकाे बताइएकाे छ ।
प्रत्येक वर्ष आगलागीकाे जाेखिम तथा त्यसका कारण हुने क्षतीलाइ राेक्न समयमै सम्बन्धित निकायकाे ध्यान जानु जरूरी छ । खडेरी समयमा आगलागी हुने सम्भावित क्षेत्रमा वडा तथा नगरले खरकाे छानाे हटाइ जस्ता वितरण गर्ने कार्यलाइ उच्च प्राथमिकता दिनु आवश्यक रहेकाे छ ।