ठाडा ईलाका प्रहरी र रेडियो शितगंगालाई एमाले निकट युवा सघंद्धारा स्वास्थ सामाग्री हस्तान्तरण (फोटो सहित)


झनक के.सी 
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम )  । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा नेकपा एमाले निकट रास्ट्रिय  युवा सघं नेपाल शितगंगा नगर कमिटीले ३१ औ स्थापना दिवसको अबसर पारेर ईलाका प्रहरी कार्यालय ठाडा र रेडियो शितगंगालाई  स्वास्थ सामाग्री हस्तान्तरण गरेको छ। 
 
कार्यक्रममा नेकपा जिल्ला कमिटी सद्स्य तथा नगर सचिब ऋषि घिमिरे, रास्ट्रिय युवा सघं नेपाल शितगंगा नगर कमिटी अध्यक्ष तिलक अधिकारी,सचिब हरि खनाल, मदन भण्डारी स्पोर्ट्स एकेडमी जिल्ला सचिब बिक्रम बेल्बासे, सदस्य रामु भुषाल सहितको टिमले इप्रका प्रमुख सन्दिप बेल्बासेकै कार्यालयमै पुगेर स्वास्थ सामाग्री हस्तान्तरण गरेको हो ।  
हस्तान्तरण सामाग्री ५०० थान सर्जिकल माक्स ठूलो साइजको २ थान सेनिटाइजर हस्तान्तरण गरेको सचिब खनालले बताए । त्यस्तै रेडियो शितगङ्गा १०७.९ मेगाहर्जलाई ३०० थान सर्जिकल माक्स ४ थान मिडियम साइजको सेनिटाइजर हस्तान्तरण गरिएको बताएका छन् । 
कार्यक्रममा बोल्दै इप्रका ठाडाका प्रमुख बेल्बासेले यहाँहरुको साथ निरन्तर रहि रहोस हामी सबै मिलेर  एक आपसमा हातेमालो गरेर अगाडि  बढनु पर्छ। आउँदा दिनमा यहाँहरुको सहयोगको अपेक्षा सहित धन्यवाद दिएका थिए। 
रास्ट्रिय युवा संघ नेपाल शितगङ्गा नगरकमिटी अध्यक्ष अधिकारीले आवस्यक परे हामी जतिबेलापनी सहयोग गर्न पछी हटने छैनौ। अहिले सुरक्षात्मक दृस्ठिकोणले हेर्दा शितगङ्गामा धेरै सुधार भएको छ भन्दै खुलेर प्रसंसा समेत गरेका थिए। यो माहामारिमा जोखीम मोलेर काम गर्ने मध्ये सुरक्षा र मिडियालाई फोकस गरि थोरै सहयोग गरेको उन बताएका थिए। 
साथै नगर सचिब घिमिरेले पार्टीको तर्फबाट पनि सर्हानिय कार्यको लागि बधाई तथा शुभकामना दिएका थिए । रेडियो शितगङ्गाका स्टेसन म्यानेजर अराज बेल्बासे, मार्केटिङ म्यानेजर सचिन बोहोरा, प्रावधिक संगिता पौडेलले स्वास्थ सामाग्री दिने रास्ट्रिय युवा संघ  शितगङ्गा टिमलाई एक मुस्ट धन्यवाद दिएका थिए।