गायिका तथा उद्घोषक शीतलले गरिन स्वास्थ सामग्री वितरण


सागर पौडेल 
पश्चिम् नवलपरासी । काठमाडौंलाई कर्म थलो बनाउदै आउनुभएकी सन्चारकर्मी,गायिका तथा उद्घोषक शितल शर्माले बाग्लुङ जिल्ला को ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका, निशीखोला गाउपालिका का बिकट गाउहरुमा  स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।
 
त्यही भेगका सामाजिक अभियान्ता हरु को नेतृत्वमा स्वास्थ सामग्री बितरण गरिएको हो।
मास्क ६ हजार पिस,  स्यानिटाईजर ६० लिटर अक्सिजन सिलिंडर २ थान, पल्स अक्सिमिटर ५ थान, थेर्मोमिटर ३० थान  २० थान, फेस सिल्ड लगायत ७०००० हज़ार बराबर को स्वास्थ सामाग्री बितरण गरिएको हो ।
 
कोभिड १९का कारण देशभरको जनजीवन प्रभाबित बनेको छ । “यो बेला सहयोग नगरे कहिले गर्ने सक्नेले सहयोग गरौ नसक्ने ले सहयोग मागौ , मेरो सानो सहयोग ले कसै को जीवन परिवर्तन हुन्छ भने किन सहयोग नगर्ने निराश हुँदै शितल शर्मा बताउनु हुन्छ।
साथै सहयोगीहरुलाई धन्यवाद समेत दिनु भएको छ उहाँ ले गत वर्ष ढोरपाटन का बाढीपीड़ित लाई रु पाँच लाख सहयोग गरिसकनु भएको छ।