अर्घाखाँची घर भएका कलाकार श्रीकृष्ण घर्ती मिरे र बिजय अनुरागीको लोक गीत “परेवा” सार्वजनिक


अर्घाखाँचीडट्कम संवाददाता
नयाँ दिल्ली । अर्घाखाँचीमा घर भई हाल भारतको राजधानी नई दिल्लीमा रहेका कलाकार श्रीकृष्ण घर्ती मिरे र बिजय अनुरागीको अभिनय रहेको लोक गीत परेवा सार्वजनिक भएको छ ।
राजधानी दिल्लीमा कलाकार श्रीकृष्ण घर्ती मिरे र बिजय अनुरागीको अभिनय रहेको लोक गीत परेवाको म्युजिक भिडियो सार्वजनिक भएको हो ।
चर्चित लोक दोहोरी गायिका देवी घर्ती मगर र गायक चेतन गोतामेको स्वर रहेको छ । यस्तै यस म्यूजिक भिडियोमा श्रीकृष्ण घर्ती मिरे सहित  अम्बिका गिरी, सन्तोष भुसाल र सिबानी लगायतका कलाकारको अभिनय रहेको छ ।
साथै लय शब्द बिजय आनुरागीले दिएको उक्त गीतमा थेगो पनि श्रीकृष्ण घर्ती मिरेको रहेको छ ।