अर्घाखाँचीडट्कम
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ सन्धिखर्क र २ चुत्राबेसीमा खानेपानी शुल्कमा ५० रुपैया घटेको छ ।
आगामी साउन १ गतेदेखि सन्धिखर्क र २ चुत्राबेसीमा खानेपानी मार्सिक शुल्कमा २५० रुपैयाबाट घटेर २०० रुपैया हुने भएको हो ।
शहरी बिकाश मन्त्रालय निर्वाचन क्षेत्र बिकाश कोष,५ न नं. प्रदेश,सन्धिखर्क नगरपालिका र सन्धिखर्क साना शहरी खानेपानी तथा सरसफाई नगर आयोजना उपभोक्ता मुल संस्थाको संयुक्त लगानीमा आयोजनाको प्रारम्भ भएकाे नाैलापानी राटटारी सन्धिखर्क १ र २ खानेपानी आयोजना तथा चरिङे मुहान निर्माण कार्य भई सम्पन्न भएकाेले खानेपानी संचालनमा सुधार आएको कारणले गर्दा श्रावण १ गतेदेखि लागू हुने गरि खानेपानी महशुलमा हाल कायम रहेकाे न्युनतम महशुल दर २५०।- दुईसय पचास बाट घटाई २००।- दुईसय कायम गरिएकाे सन्धिखर्क साना शहरी खानेपानी तथा सरसफाई नगर आयोजनाले बताएको छ ।