सन्धिखर्क अब हरितगृह वातावरण मैत्री नगर


अनिल नेपाली
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।       अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाले टोल सुधार समितिका लागि सचेतना अभियानको आज ८ बुद्धे धोषणा पत्र जारी गरी समापन गरेको छ ।
नगरबासीको दैनिकी जीवन फोहोर मैलासँग रुमलिएको भन्दै २०८० सालभित्र सभ्य स्वास्थ्य र हरित नगरपालिकाको रुपमा विकास गरी पर्यटनको रुपमा विकास गर्नको लागि ८ बुद्धे धोषणा पत्र जारी गरेको नगरपालिकाले जनाएको छ । कार्यक्रम सन्धिखर्क नगरपालिकाको आयोजना समाजसेवा तथा वातावरण संस्कृति संरक्षण समूहको सहआयोजनामा तालिम सञ्चालन भएको छ ।
तालिमको समापन गर्दै नगर उपप्रमुख ठाकुरकुमार विकले नगरपालिका हरेक नागरिकले आफ्नो घरबाट उत्पादन भएको फोहोरमैलाको व्यबस्थापनको लागि कुहिने नकुहिने फोहोरको वर्गीकरण अहिले प्राथमिकता भएको बताउदै नगरपालिकालाई २०८१ सालभित्र समुदाय बाताबरण मैत्री बताउनुपर्ने बताए । नगरपालिकले उत्कृष्ट बाताबरण मैत्र्रीे काम गर्ने टोल सुधार समिति लाई सम्मान गर्ने योजना तर्जुमा गर्दा टोलदेखि अभियान सञ्चालन गरी नगरपालिकाबाट बजेट विनियोजन गर्ने बताए ।
कार्यक्रममा सन्धिखर्क नगरपालिका प्रमुख प्रशासीकय अधिकृत नारायण अर्यालले टोल विकास संस्थालाई स्थायीत्त प्रदान गर्नको लागि नगरपालिकाले जुनसुकै कार्यक्रम पनि सञ्चालन गर्न बताए । कार्यक्रममा सहभागी ईन्द्रेणी टोल सुधार समितिका अध्यक्ष राम प्रसाद आचार्यले नगरपालिकाले सञ्चालन गरेको फोहोर मैला व्यवस्थापन तालिमले सबै गम्भीर भए सजिलैसँग नियन्त्रण गर्न सकिने बताए ।
पाणिनीचोक गुन्टेखोला टोल सुधार समितिका सदस्य लक्ष्मण भट्टाराई रामलाल भुसालले संवेदनशील विषयमा जिम्मेबार निकायले महत्वपूर्ण भूमिका निर्वाह गरेको खण्डमा नगरपालिकामा फोहोर मैला सजिलैसँग हल हुने बताए ।व्यवस्थापनमा चुनौती थपिएको कारण यसरी फोहोरमैलाको व्यबस्थापनमा सबैले सहकार्य गर्नु अहिलेको अपरिहार्यता भएको स्थानीय डिलाराम आचार्यले बताए ।
फोहोरमैला व्यबस्थापनको लागि तत्काल कुहिने र नकुहिने बस्तुको छुट्टाछुट्टै बर्गीकरण गरी कम्पोष्ट मल बनाई नगरपालिकले विक्री गनुपर्ने उनको भनाई थियो ।सन्धिखर्क नगरपालिकाले फोहोरमैला व्यवस्थापनको लागि डम्पिङको समेत निर्माण गरी कुहिने नहुकिने फोहोर व्यव्स्थापनको लागि छुटाछुटै गाडीको समेत व्यवस्था गरेको छ ।
नगरपालिकाले हालै ल्याएको नीति तथा कार्यक्रममा नगरपालिकालाई हराभरा सुन्दर सफा नगरपालिका बनाउनको लागि एक कर्मचारी एक विरुवा,एक जनप्रतिनिधि दुई विरुवा, खाली ठाँउ बृक्षारोषण कार्यक्रमलाई विशेष महत्व दिएको नगरप्रमुख कमलप्रसाद भुसालको भनाई छ । उनले नगर पालिकालाई छिट्टै नै हरित ग्रिन सिटीको रुपमा अगाडि बढाउने बताए ।
कार्यक्रममा फोहोरमैला प्रशिक्षण विज्ञ प्रशिक्षक श्रीरेन्द्र प्रकाश पोख्रेलले नागरिकले फोहोरमैलाको बर्गीकरण गरी फोहोरको स्रोत पहिचान गर्नु अहिलेको विषय भएतापनि फोहोरमैला व्यबस्थापनको विषयको अभियान समाप्त भईसकेकोले सरसफाईको अभियान चलाउनुपर्ने बताए ।
कार्यक्रम सन्धिखर्क नगरपालिका वडा न १ का अध्यक्ष युबराज बन्जाडेको अध्यक्षता संस्थाका अध्यक्ष बाबुराम पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

अन्य समाचारहरु