डिभर्नाको झेडीमा प्रहरीद्धारा अवैध भैसी सहित चालक पक्राउ


अर्घाखाँचीडट्कम संवाददाता 
डिभर्ना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं. १२ डिभर्नाको झेडीमा अवैध रूपमा लैँजादै गरेको भैंसी सहित चालकलाई प्रहरीले प्रकाउ गरेको छ । 
डिभर्नाको झेडीमा  शनिबार लु १ च ३९०१ नं.को जिपमा ३ वटा स्त्री जातको भैँसी लोड गरी अवैध रुपमा लैँजादै गरेको अवस्थामा प्रहरीले प्रकाउ गरेको हो । 
प्रहरी नियन्त्रणमा लिएको भैंसी सहित गाडीलाई सन्धिखर्क नगरपालिकाको कार्यालय बुझाएको थियो । नगरपालिकाले आज आईतबार रु.५,०००।– (पाँच हजार) जरिवाना गरी भैँसी सहितको सवारी साधनलाई छोडेको बताइएको छ । 

अन्य समाचारहरु