डिआरजी सुमन
दुर्गाफाँट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । “स्वास्थ्यका लागी खेल राष्ट्र को लागी खेल” अर्घाखाँची नेकपा एमाले स्थायी कमिटी सदस्यतथा पुर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझीले अहिलेको एमाले नेकपाको स्वरुप भएको बताएका छन् । पाणिनी गाँउपालिकाको एक कायक्रममा बोल्ने क्रममा उनले यस्तो बताएका हुन ।
राष्ट्रीय युवासँघ नेपाल पाणिनि गाँउपालिका कमिटि अर्घाखााँचीको आयोजनामा दुर्गाफाटमा आयोजित भलिवल प्रतियोगिताकोउध्घाटन समारोहमा बोल्दै प्रमुख अथिति रायमाझिले एमालेले मात्रै देशको आवस्यकता र संवृद्धिका लागि काम गर्ने हैसियत राख्नेबताएका छन् । प्रचन्ड र माधव नेपाल प्रति आक्रामक देखिएका उनले कम्युष्ट आन्दोलन तुहाउन आफ्नो वर्ग शत्रुसँग तालमेल गरि पार्टिएकता तोड्नु उनिहरुको भुल भएको बताएका थिए ।
कार्यक्रममा बोल्दै एमाले केन्द्रिय सदस्य तथा पुर्व राष्ट्रिय सभा सदस्य चन्द्र बहादुर खड्का उज्ज्वलले पदका निम्ति आन्दोलन विर्सजनगरेर एकता भंग गर्नूले आम कार्यकर्ता र युवापंत्ति राजनितिमा गलत अभ्यास भएको ठान्नु गलत नभएको बताएका थिए ।
नेकपा स्थापित हुन नसक्दा अधिकांशले एमालेमा रहन खोज्नु स्वभाविक भएको भन्दै युवाहरुको रोजाई र क्रान्तिको बाँकि कार्यभारकोजिम्मा पनि यहि पार्टिले पुरा गर्नेमा आफु विश्वस्त रहेको बताएका थिए ।
यस्तै एमाले नेता तथा लुम्विनी प्रदेश सभाका सभासद राम्जि प्रसाद घिमिले युवासँघ नेपाल एमालेको भातृ संगठन मात्र नभएर देशकाहरेक आन्दोलनको नेतृत्वकर्ता भएको बताएका थिए , खेल लगायतका सिर्जनशिल गतिविधिमा सक्रिय भुमिका निभाउन विशुद्ध युवाजोस नै आवस्यक हुने भन्दै खेलका माध्यमबाट स्वस्थता सँगै उत्पादनशिलतामा वृद्धि गर्नुपर्ने बताएका थिए ।
राष्ट्रीय युवासँघ पाणिनि गाँउपालिका कमिटि अर्घाखााँचीको आयोजनामा आजदेखि वडा स्तरिय खुल्ला भलिवल प्रतियोगिता शुरुभएको छ ।
आज भएको उध्घाटन खेलमा पाणिनि २ पोखराथोकले छत्रदेब १ चिदिका अर्घाखाँचीलाई २ ० को सोझो सेटमा पराजित गरेको छ भोलीविहान ०८ वजे निरन्तर खेल सुरु हुने आयोजकले जनाएको छ । – तस्वीर डिआरजी सुमन/अर्घाखाँची
