अर्घाखाँचीडट्कम संवाददाता
खिदिम, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर ३ खिदिमको बरकारुखमा निर्माण हुन थालेको आयुर्वेद भवनको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।
खिदिमको बरकारुखमा निर्माण हुन थालेको आयुर्वेद भवनको बुधवार शिलान्यास कार्यक्रम सम्पन्न भएको हो ।
आयुर्वेद भवनको गाउँपालिकाका अध्यक्ष अच्युत गाैतम र उपाध्यक्ष लक्ष्मी गाैतमले संयुक्त रुपमा शिलान्यास गरेका थिए ।