अर्घाखाँचीडट्कम संवाददाता
सितापुर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क – गोरुसिङ्गे सडक अन्तरगत शितगंगा नगरपालिका वार्ड नम्बर २ सितापुर स्थित गैरिखेतको ओरालोमा दुई टिप्पर एक आपसमा ठोक्किदा दुर्घट्ना भएको छ ।
सितापुर स्थित गैरिखेतको ओरालो (स्वास्थ्य चौकी माथि) मा बिहीवार बिहान ढुङ्गा बोकेका टिप्पर एक आपसमा ठोक्किदा दुर्घट्ना भएको हो ।
ब्रेक फेल भएर दुर्घट्ना भएको बताइएको छ । साथै दुर्घट्ना भएको टिप्परका कारण अन्य सवारीसाधन आवत जावतमा अबरुद्द भएको थियो । अहिले टिप्पर सडकबाट निकालिएको छ । भने सडक सुचारु भएको छ ।
सन्धिखर्क – गोरुसिङ्गे सडकमा खराब सडक, पुराना सवारीसाधन र ड्राइभिङ लापरवाहीका कारण नियमित सवारीसाधन दुर्घट्ना भएको देखिन्छ ।
तस्बिरहरु:- सचिन बोहोरा