मैदानको झुमादेवी युवा कल्व र राधाकृष्ण युवा कल्व अब दर्ता प्रक्रियामा (भिडियो, फोटो सहित)
मंसिर २६ गते, २०७८ मा प्रकाशित
डिआरजी सुमन
मैदान, आईतवार २६ मंसिर २०७८ (अर्घाखाँचीडट्कम) । पाणिनीको मैदान स्थित झुमादेवी युवा कल्व र राधाकृष्ण युवा कल्वको आधिकारिक दर्ता प्रक्रियाको सुरुवात गरेको छ । विगतएक दशक देखी पाणिनी गाँउ पालिका वडा नं ५ अमजामा क्रियाशील राधाकृष्ण युवा कल्वले केही दिन पहिला कल्वको नवौँ स्थापनादिवस मनाएको छ । उपल्लो अमजाका युवाहरुको सक्रियतामा स्थानीय क्षेत्रमा समाजिक कार्य भईरहेको भएता पनि यो संस्था हालसम्म दर्ता भएको थिएन ।
यस्तै पाणिनी गाँउपालिका वार्ड नं ५ काफलवुटामा क्रियाशीलता जनाएको झुमादेवी युवा कल्व झण्डै दुई दशक देखी दर्ता विहीन कार्यक्रम गर्दै आएको थियो । अवका दिनमा सामाजिक कार्य गर्दा अनाधिकृत रुपमा नगर्ने गरी दर्ता प्रकिया अगाड़ी वढाउन लागेकोझुमादेवी युवा कल्वका अध्यक्ष देव वहादुर जीसीले अर्घाखाँचीडट्कमलाई वताउनु भएको छ ।
पाणिनि गाँउपालिकाको केन्द्र दुर्गाफाँटमा राधाकृष्ण युवा कल्वका अध्यक्ष हुमनाथ वेल्वासे,सचिव दिनेश न्यौपाने , झुमादेवी युवाकल्वका अध्यक्ष देव वहादुर जीसी,सचिव पुस्पा घिमिरे,पाणिनि पर्यटन समाजका अध्यक्ष झविन सुनाव,पाणिनि गाँउ पालिका प्राविधिकउमानाथ पौडेल,स्वतन्त्र पत्रकार डिआरजी सुमन सहितको छलफल पछि पाणिनि पर्यटन समाज का अध्यक्ष झविन सुनाम र पाणिनी गाँउपालिका प्रविधिक उमानाथ पौडेल लाई दुवै कल्वको दर्ता प्रकिया अगाड़ी वढाउने गरी आधिकारिक ज़िम्मेदारी दिएको राधाकृष्ण युवाकल्वका अध्यक्ष हुमनाथ वेल्वासेले वताउनु भएको छ ।
दुर्गाफाँटमा आयोजित कार्यक्रममा वोल्दै पाणिनी गाँउ पालिका प्रविधिक उमानाथ पौडेलले प्रशासनिक सवै कार्यमा आफुले सहजीकरण गर्ने वताउनु भएको छ । यस्तै पाणिनी पर्यटन समाज का अध्यक्ष झविन सुनामले कल्व दर्ताको लागी आवश्यक काग़ज़ात सम्बन्धित सवैकार्यमा आफुले सहजीकरण गरीदिने प्रतिवद्धता ज़ाहिर गर्नु भएको छ । स्वतन्त्र पत्रकार डिआरजी सुमन को समन्वयनमा राधाकृष्ण युवाकल्व र झुमादेवी युवा कल्व को दर्ता प्रकिया अगाड़ी वढेको छ । – तस्वीर डिआरजी सुमन/अर्घाखाँची ।