डिभर्नाको श्री विजय मावीको ६३ औ वार्षिक उत्वस तथा अभिभावक दिवस मनाइयो (तस्बिरहरु)


बसन्त श्रेष्ठ
डिभर्ना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं. ११ डिभर्नाको श्री विजय माध्यमिक विद्यालयको ६३ औ वार्षिक उत्वस तथा अभिभावक दिवश बिभिन्न कार्यक्रम गरी मनाइएको छ । 
दिवशको अवसरमा बिद्यालयमा शैक्षिक क्षेत्र र अतिरिक्त क्रियाकलापमा बिजयी बिद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको हो ।
 
कार्यक्रममा सहभागी तथा बक्ताहरुले शुभकामना मन्तब्य राख्दै बिद्यालयलाई प्राबिधिक धारको शिक्षामा जोड दिएका छन । कार्यक्रममा बोल्दै प्रमुख अथिति शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख मनिराम पराजुलीले बिजय माध्यमिक बिद्यालयमा भुगोल तथा पूर्वाधारको उपलब्धता भएको भन्दै स्वास्थ्य क्षेत्रका बिभिन्न प्राविधिक विषय सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको छ । पराजुलीले आजको आवश्यकता गुणस्तरीय र प्राबिधिक शिक्षाको माग बढि भएको भन्दै माग बमोजिमको शिक्षा दिनुपर्नेमा जोड दिनुभयो । उहाँले सामुदायिक बिद्यालयको शिक्षाको गुणस्तर सुधारका लागि सबै पक्षको सहयोग आवश्यक पर्ने बताउनुभयो ।
 
कार्यक्रममा बिशिष्ठ अथिति सन्धिखर्क नगर शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मञ्जु आचार्यले सामुदायिक बिद्यालयको शिक्षाको गुणस्तर बृद्धिमा अभिभावक शिक्षाको आवश्यकता अपरिहार्य रहेको बताउनुभयो । राज्यले शिक्षामा गरेको लगानीको प्रतिफलका लागि अभिभावक समेत चनाखो रहनुपर्नेमा आचार्यको जोड थियो ।
बिशिष्ठ अथिति तथा सन्धिखर्क ११ का वडाध्यक्ष धुर्वराज आचार्यले बिजय माध्यमिक बिद्यालय शिक्षाको उज्वल नक्षत्र रहेको बताउनुभयो । निवर्तमान बिद्यालय व्यवस्थापन समिति अध्यक्ष समेत रहनुभएका आचार्यले आफुहरुले बिद्यालयको स्थरोन्नती र भौतिक संरचना निर्माणमा उल्लेख्य प्रगति गरेको बताउनुभयो ।
 
कार्यक्रममा पूर्व बिद्यालय व्यवस्थापन समिति अध्यक्ष इन्द्रबहादुर क्षेत्री, छिमेकी बिद्यालयको प्रधानध्यापकको तर्फबाट लालबहादुर शाह, नेपाली कांग्रेसका वडा सभापति हिराधर आचार्य, अभिभावकको तर्फबाट शालिकराम खनाल, वडा नं ११ का सचिव पुष्कर नाथ आचार्य, बसन्त श्रेष्ठ, विद्यार्थीका तर्फबाट कक्ष १० की छात्रा रचना आचार्य र कक्षा १२ का छात्र सुन्दर श्रेष्ठ लगायतले बार्षिक उत्सवको शुभकामना मन्तब्य राख्नुभएको थियो ।
 
बार्षिक उत्सव समारोहमा बिद्यालयका प्रधानध्यापकहरु रेशौराज आचार्य, खगेस्वर केसी, बिष्णु प्रसाद आचार्य, महेन्द्र श्रेष्ठ, निर्मला खनाल, समाजसेवी नरप्रसाद श्रेष्ठ लगायतको आथित्यता रहेको थियो ।
 
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम आचार्यको अध्यक्षता रहेको कार्यक्रममा बिद्यालय प्राचार्य भुपाल खनालले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमममा शिक्षक युवराज भुसालको सञ्चालन र शिक्षक गिरी राज चुदालीको स्वागत मन्तब्य रहेको थियो ।