प्रेमनारायण आचार्य
अर्घा, अर्घाखाँची । अर्घा साना किसान कृषि सहकारी संस्था लिमिटेडको सातौं बार्षिक साधारण सभा तथा दोश्रो अधिवेसन सम्पन्न भएको छ ।
साधारणसभा तथा अधिबेशनकाे उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृथ नारायण अर्यालले सहकारी सामाजिक अर्थ ब्यवस्थाको एक अभिन्न अंग भएकाे बताउनुभयो ।
उहाँले सहकारीले सेवाभाव, उद्यमशिलता, र प्रजातान्त्रिक नियन्त्रणलाई आत्मसात गरि सन्चालन हुनुपर्ने बताउदै सहकारीको माध्यमबाट स्वराेजगार बन्न आग्रह गर्नुभयो ।
कार्यक्रममा वडा अध्यक्ष लक्ष्मी नारायण चॅुदाली, नगरपालिका सहकारी शाखा प्रमुख जीवनारायण आचार्य लगायतले मन्तब्य राख्नु भएको थियोे ।