सन्धिखर्कमा अर्घाखाँची बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभा सम्पन्न


हिम लेकाली
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम)  । अर्घाखाँची बचत तथा ऋण सहकारी संस्था लि. सन्धिखर्ककाे १६ औं वार्षिक साधारणसभा शनिवार सन्धिखर्ककाे पाणिनी बहुमुखी क्याम्पसमा सम्पन्न भएकाे छ । 
संस्थाका अध्यक्ष द्राेण प्रसाद भुसालकाे अध्यक्षता, उपाध्यक्ष बाबुराम शर्माकाे स्वागत मन्तव्य र सचिव बिष्णु प्रसाद बस्यालकाे सञ्चालनमा सम्पन्न उक्त सभाको उद्घघाटन सभाका अध्यक्ष द्राेण प्रसाद भुसालले ७ वटा पानसमा दिप प्रज्वलन गरेर गर्नु भएको थियाे। कार्यक्रममा सन्धिखर्क नगर सहकारी शाखा प्रमुख जिवनारायण आचार्य, साथी बचत तथा ऋण सहकारी संस्था लि. सनपा २ का सचिव धर्मराज भुसाल ,त्रिवेणी बचत तथा ऋण सहकारी संस्था लि.स.न.पा २ का कमल घिमिरे ,शिलशिला बहुउद्देश्यीय बचत तथा सहकारी संस्था लि. का अध्यक्ष माधवराज चुँदाली ,सूर्याेदय महिला बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष शुशिला भुसाल लगायतले शुभकामना मन्तब्य राख्दै जिल्लाको सामाजिक तथा आर्थिक विकासमा अर्घाखाँची सहकारी संस्था लिमिटेडले खेलेकाे महत्त्वपूर्ण भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले सहकारीले बचत संकलन र ऋण लगानी गर्ने नाफा कमाउने मात्र नभएर उत्पादन मुलक क्षेत्रमा लगानी गर्दै ,आर्थिक स्तर नउठेका समुदायको जीवनस्तर उठाउन प्रयत्न गर्नुपर्नेमा जाेड दिनु भयाे ।
सभामा सञ्चालक समितिकोतर्फबाट अध्यक्ष दाेर्ण प्रसाद भुसालले ०७७ /०७८ काे सांगठनिक प्रतिवेदन र लेखा समितिका संयाेजक टामलाल पाण्डेले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियाे । प्रस्तुत प्रतिवेदन माथि सभा सदस्यहरूले व्यापक छलफल गरी अनुमाेदन गरेका छन् ।
साधारणसभामा संस्थाले सन्धिखर्क नगरपालिका ४ आमडाँडा निवासि सेयर सदस्य उमा रिजालकाे संरक्षकत्वमा रहेका बर्ष ४ का साेहि ठाउँ निवासि अनाथ बच्चा दिप्सन रानालाई रू.पाँच हजार प्रदान गरेकाे छ ।
यसैबिच सहकारीले साधारणसभाको अवसर पारी दुइ जना जेष्ठ सदस्यहरु सनपा १ का जगन्नाथ भुसाल र ठाकुर प्रसाद ढकाल लाई नगद सहित दाेसल्ला र प्रमाणपत्र प्रदान गरेर सम्मान गरेको छ ।
यस्तै सहकारीले सेयर सदस्यहरुका सन्ततिहरूलाई शैक्षिक प्राेत्साहन स्वरूप २०७७ काे एसइइ परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने सनपा १ निवासी हरि ओम रिजालका छाेरा माैशम रिजाल , सनपा-१ कै रामलाल भुसालकि छाेरी स्वइच्छा भुसाल , सनपा-१ कै कमला पाैडेल कि छाेरी सन्ध्या पाैडेललाई नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरेर पुरस्कृत गरिएकाे छ । 
२०६३ सालमा स्थापित अर्घाखाँची बचत तथा ऋण सहकारी संस्था सन्धिखर्कमा पहिलाे सहकारी संस्था हाे । संस्थामा हाल ६०१ जना शेयर सदस्यहरु आबद्ध रहेको र याे संस्थाकाे कुल पुँजी सात कराेड अठार लाख अठार हजार आठ सय अठ्ठाइस रहेकाे संस्थाले जनाएकाे छ ।

अन्य समाचारहरु