सन्धिखर्कमा एमालेकाे प्रतिनिधि छनाेट कार्यक्रम सम्पन्न


हिम लेकाली 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम)  । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा नेपाल कम्युनिस्ट पार्टी (एमाले ) काे आसन्न पाैष २३ गते सम्पन्न हुने  आठाैं जिल्ला अधिवेशनकाे लागि जिल्ला भर  पाटी बिधान अनुरूप  प्रतिनिधि  छनाैट प्रकृया शनिवार  सम्पन्न भएको छ ।
 यसै बिच ने.  क. पा .(एमाले ) सन्धिखर्क नगर कमिटी अन्तरगत वडा नं .१ ले  प्रतिनिधि छनाैट प्रकृया पूरा गरेकाे  छ।
जिल्ला अधिवेशन प्रतिनिधिहरूमा दलित तर्फबाट  बिष्णु परियार ,मुस्लीम  तर्फ बाट अब्जल मिया , महिला तर्फ बाट लिलावती भट्टराई र कुशुमा अधिकारी  ,खुल्ला तर्फबाट  हिम  जिसी लेकाली ,  युवराज बन्जाडे , लक्ष्मण पराजुली ,बाबुराम पन्थी  र  सन्ताेष बस्नेत  सर्वसम्मत रूपमा चएन  हुनु भएको  छ ।
 भेलामा  निर्वाचित प्रतिनिधीहरूलाई नेपाल कम्युनिस्ट पार्टी एमाले जिल्ला कमिटी सचिवालय सदस्य सन्धिखर्क नगर सह ईन्चार्ज शम्भु पाेख्रेल , नगर अध्यक्ष श्रीकृष्ण भुसाल , १ नं. वडा ईन्चार्ज  रामचन्द्र  पाेख्रेलले  शुभकामना मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे ।भेलाकाे अाैचित्यता र महत्वबारे नगर कमिटी उपसचिव नगर प्रचार बिभाग प्रमुख  लक्ष्मण पराजुलीले  प्रकाश पार्नु भएको  थियाे ।
 भेलामा श्रीकृष्ण भुसालकाे संयाेजकत्वमा रामचन्द्र पाेख्रेल र शुशिला गैरे कार्यदल सदस्य रहेकाे निर्वाचन मण्डल गठन गरिएको थियाे ।
 प्रतिनिधि छनाैट भेला  बडा कमिटी अध्यक्ष नारायण बि.सि .काे अध्यक्षता र सचिव लेखनाथ भण्डारी  (भान्जा) काे सन्चालनमा सम्पन्न भएकाे थियाे ।

अन्य समाचारहरु