ढिकुरामा कांग्रेसकी क्रियासिल सदस्य मधुकला घिमिरेको निधन


सुर्य भुसाल | अर्घाखाँचीडट्कम संवाददाता 
धारापानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर ९ ढिकुरा निबासी नेपाली काङ्ग्रेसकी क्रियासिल सदस्य मधुकला घिमिरेको निधन भएको छ ।
उहाको निधनप्रति नेपाली काङ्ग्रेस अर्घाखाँचीले दुख ब्यक्त गरेको छ । 
मृतक घिमिरेको आज गच्छेघाटमा नेपाली काङ्ग्रेसको चारतारे झन्डा ओढाई काङ्ग्रेस अर्घाखाँचीका सभापति केशब श्रेष्ठले अन्तिम श्रद्धांजली व्यक्त गर्नु भएको छ । 
श्रद्धांजलीमा नेपाली काङ्ग्रेसका जिल्ला सदस्य बिस्नु क्षेत्री नेपाली काङ्ग्रेसका जिल्ला सदस्य सुर्य प्रसाद भुसाल प्रदेस सभा ख का सभापति हेमन्त बेल्बासे काङ्ग्रेस ढिकुराका  सभापति तिर्थराज घिमिरे लगाएत काङ्ग्रेसका स्थानिय नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियोे ।
कार्यक्रम जिल्ला सदस्य हरि प्रसाद दमासेको सन्चालनमा सम्पन्न भएको हो ।

अन्य समाचारहरु