बराहनेटामा वार्ड कार्यालय भवन तथा आधारभुत स्वास्थ केन्द्रको उद्घाटन सम्पन्न (तस्बिरहरु)


अशाेक खनाल 
बराहनेटा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ३ बराहनेटामा वार्ड कार्यालय भवन  तथा बराहनेटा आधारभुत स्वास्थ केन्द्र भबनको एक कार्यक्रम बीच उद्घाटन सम्पन्न भएको छ ।
वार्ड कार्यालय भवन  तथा बराहनेटा आधारभुत स्वास्थ केन्द्र भबनको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले औपचारिक कार्यक्रमका बिच उद्घाटन गर्नु भएको हाे ।
 
नगर प्रमुख कमल प्रसाद भुसालको  प्रमुख आतिथ्यतामा सम्पन्न उदघाटन कार्यक्रममा नगर उपप्रमुख ठाकुर कुमार बिक,  प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल ,वडा अध्यक्ष हरु कृष्ण प्रसाद श्रेष्ठ ,कृष्ण बहादुर  आचार्य , नारायण खड्का, नगरपालिकाका सब इन्जिनियर हरि बोहरा ,प्राबिधिक सीता भुसाल कार्यपालिका तथा वडा सदस्य हरु स्थानीय वडाका पार्टी प्रमुख तथा प्रतिनिधि हरु स्थानीय वडा भित्रका विभिन्न बिध्यालयका प्रअ हरु वडा भित्र का महिला समुहहरु टोल सुधार समिति का प्रमुख हरु निर्माण ब्याबसाही तथा पत्रकार हरुको उपस्थित रहेको थियो ।
    १ करोड ३७ लाख मा सम्पन्न वडा कार्यलय तथा ३३ लाखमा सम्पन्न बराहनेटा स्वास्थ केन्द भबनको निर्माण ब्याबसाही कृष्ण बस्यालले जिम्मा लिएका थिए ।
    उदघाट्न कार्यक्रममा बराहनेटा स्वास्थ केन्द्र भबन निर्माण को लागी  निशुल्क २ रोपनी जग्गा उपलब्ध गराउने जग्गा दाता यज्ञमुर्ति गौतम तथा समय मै भबन सम्पन्न गरेको भन्दै निर्माण ब्याबसायी कृष्ण बस्याल लाई दोसल्ला तथा प्रसम्सा पत्र द्वारा  सम्मान गरिएको थियो ।
   कार्यक्रम  वडा न.३ का वडा अध्यक्ष लिलाराम गौतम को अध्यक्षता कार्यपालिका सदस्य सृजना बिक को स्वागत मन्तब्य तथा वडा सचीव लाल प्रसाद अर्यालको संचालनमा  सम्पन्न भएको थियो ।