वाङ्लामा एमालेको पार्टी कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न | एमालेसँग भिड्ने सामर्थ्य कुनै दलमा छैन: आचार्य


शोभाखर पन्थी 
वाङ्ला, अर्घाखाँची । नेकपा एमालेका केन्द्रीय सदस्य  चेतनारायण आचार्यले नेकपा एमाले सँग भिड्ने सामर्थ्य कुनै दलमा नभएको बताउनु भएको छ । 
 नेकपा एमाले सन्धिखर्क-५ वडा कमिटी द्वारा वाङ्लामा आयोजित पार्टी प्रवेश तथा वडा पार्टी कार्यालय उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै उहाँले चुनावमा नेकपा एमालेको बहुमत आउने देखेर अरु दलहरू अत्तालिएको बताउनुभयो । उहाँले राष्ट्रिय स्वाधीनताको रक्षा,बिकास र समृद्धिको निम्ति नेकपा एमालेको बिकल्प नभएको भन्दै निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई अग्रह गर्नुभयो । 
लुम्बिनी प्रदेश सरकारका पुर्व आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहनु भएका प्रदेश सभा सदस्य आचार्यले आफ्नो सरकारले बिकासको निम्ति  छुट्टाएको बजेट कटौती गरेर वर्तमान सरकारले जनता प्रति गद्दारी गरेको बताउनुभयो । उहाँले प्रदेश र केन्द्र सरकारले गल्ती कमजोरी नसच्चाए आफुहरु चुप लागेर नबस्ने चेतावनी समेत दिनुभयो । नेता आचार्यले आफुहरु सांसद भएपछि जिल्लाको विकासले फड्को मारेको भन्दै निरन्तर जनसेवामा लाग्ने प्रतिबद्धता समेत  जाहेर गर्नुभयो ।
नेकपा एमालेका उपसचिव शम्भु प्रसाद पोख्रेल र जिल्ला जिल्ला सदस्य कृष्ण प्रसाद श्रेष्ठको उपस्थिति रहेको कार्यक्रममा नेकपा एमालेका प्रचार विभाग  प्रमुख शोभाकर पन्थी ,सन्धिखर्क नगरकमिटीका उपाध्यक्ष शिव अधिकारी ,नगर मिटीका सचिवालय सदस्य कृष्णबहादुर अधिकारी ,ढुण्डीराज अधिकारी  लगायतका  वक्ता हरुले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रम नेकपा एमाले वडा कमिटीका अध्यक्ष डिलाराम बन्जाडेको अध्यक्षता ,दिपक भुसालको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो । 
कार्यक्रममा नेपाली कांग्रेसका क्रियासिल सदस्य चिरञ्जीवी भुसाल , हुमबहादुर पाण्डे ,रामकला भुसाल ,शन्तोष भुसाल ,टानबहादुर अधिकारी ,विदुर टण्डन,हरिबहादुर भुसाल  लगायतका २५ जना स्थानीय बासिन्दा नेकपा एमालेमा प्रवेश गरेका थिए ।

अन्य समाचारहरु