राजधानीमा जारी श्ाहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्र्तगत आज दुई खेल हुने भएका छन् । आज दिउँसो साढे एक बजेबाट शुरु हुने पहिलो खेलमा थि्र स्टार विरुद्ध ब्याईज युनियन खेल मैदानमा उत्रने भएको छ भने दिउँसो साढे ३ बजे शुरु हुने दोस्रो खेलमा एनआरटी र आरसिटीबीच प्रतिस्पर्धा हुनेछ ।
दुबै खेल दशरथ रङगशालामा हुने आयोजकले जनाएको छ । यसअघि हिजो सम्पन्न पहिलो खेलमा मच्छिन्द्र क्लब लाई संकटा ले २ ० ले पराजित गरेको थियो भने दोस्रो खेलमा शिर्ष स्थानमा रहेको त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीचको प्रतिस्पर्धा गोल रहित बराबरीमा सकिएको थियो ।