माधव खनाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड न १ ढाकावाङमा राष्ट्रिय जनमोर्चाको कार्यकर्ता भेला सम्पन्न भएको छ ।
भेलालाई प्रमुख अतिथिको रुपमा अखिल नेपाल किसान महासंघका अध्यक्ष भैरवराज रेग्मीले भेलामा प्रशिक्षणात्मक मन्तव्य व्यक्त गर्दै जनताको हितको लागि जनसंघर्षको रूपमा स्थानीय चुनाव उपयोग हुने बताउनुभयो । उहाँले प्रतिगमन विरुद्ध तथा राष्ट्रियता, गणतन्त्र र धर्मनिरपेक्षता रक्षाको लागि हाल पाँच पार्टीहरुबीच चुनावी तालमेल हुन थालेको समेत बताउनु भएको थियो ।
कार्यक्रममा राजमो केन्द्रिय सदस्य सागर केसि राजमो लुम्बिनी प्रदेश सदस्य तथा अर्घाखाँची जिल्ला सचिव बाबुराम पन्थी ,राजमो भुमिकास्थान नगर सदस्य भोजराज खनाल अखिल नेपाल महिला संघकी खुमा बेल्वासे अखिल नेपाल शिक्षक संघ भुमिकास्थान नगर सचीव रामप्रसाद खनाल लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम राजमो भुमिकास्थान १ का अध्यक्ष मेघराज खनालको अध्यक्षता र राम बहादुर नेपालीको संचालनमा सम्पन्न भएको थियो।