मध्यपुर्वको दुबई स्थित अन्तरास्ट्रिय प्रमुख प्रतिनिधि हाल:रुपन्देहीको बुटबल बाट
उमाकान्त पाण्डे गाउले को समाचार विवरण
बुटवल जेष्ठ २३ आईतवार, अर्घाखाँचीको ठाडा ३ चाक्लामा एक ५८ बर्षिय ब्रिदा श्रीमान ले आफ्नै श्रीमतीको बन्चरो प्रहार गरी हत्या गरेको समाचार प्राप्त भएको छ | अर्घाखाँचीको अलिक बिकसित गाबिस मानिने ठाडा ३ चाक्लामा गएराती आफ्नै श्रीमतीको बन्चरो प्रहार गरी हत्या गरे पछी श्रीमान फरार भएको ईलाका प्रहरी कार्यालय ठाडा चौकीले जनाएको छ । गएराती १२ बजे तिर घरमा झगडा चलेको सुनिएको ले गाउले ले हरु आज बिहान सोही घरमै जम्मा भई समाचार प्रकाशमा ल्याएका हुन । के कती कारणले हत्या गरिएको हो भन्ने बारे अझै केही खुल्न सकेको छैन । आफ्नै धर्मपत्नी बसन्ती थापाको ५८ बर्षिय श्रीमान दिल बहादुर थापाले बन्चरोको बिड ले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । घरमा रातको १२ , १ बजे तिर हल्ला गरेको सुनिए पनि गाउले हरु त्यस समयमा सामान्य बिषयमा हुन सक्ने घरायसी झगडा ठानी नजुटेकोले यथार्थ जानकारी तथा प्रत्यक्षदर्शी आफुहरु हुन नसकेको गाउले हरुको भनाई रहेको छ । ठाडा ईलाका प्रहरी कार्यलयको जानकारीलाई उद्रित गर्दै हाम्रा मध्यपुर्वको दुबई स्थित अन्तरास्ट्रिय प्रमुख प्रतिनिधि हाल रुपन्देहीको बुटबलमा रहेका अर्घाखाँची बल्कोटका ३ साजबोट का सन्चारकर्मी उमाकान्त पाण्डे गाउले ले जनाएका छन ।
अर्घाखाँची सन्धिखर्कमा बर्षायाम र बिबिध कारण बाट सन्धिखर्क बजार मा केही दिन यता बाट बिद्युत आपुर्ती नभएको जनाउदै समाचार छिट्टो छरितो प्रकाशन गर्नका लागि जुट्न नसकिएको त्यहा स्थित अर्घाखाँची डट्कम् युनिटले जनाएको छ । यधपी बिबिध साधनको प्रयोग बाट प्रयास गर्दै अनियमित बिद्युत बितरण प्रकृयामा समेत सुक्ष्म अध्ययन गरिरहेको र यो प्रकृया निरन्तर रहे संचारमाध्यमको कर्तब्य ठानी जनस्तरमा पर्दा फास गर्ने अर्घाखाँची डट्कम् युनिटले जनाएको छ ।