कैलाली, जेष्ठ २३ – कैलाली फुलवारी गाविस ७ का ५४ वर्षीय ठग बआदुर बुढाथोकीलाई श्रीमतीले हत्या गरेकी छन् ।
मृतक बुढाथोकीको शव घरको सेफ्टी ट्याङ्कीमा फालेको अवस्थामा फेला परेको थियो । गत १९ गते हत्या गरि शव त्यहाँ फालिएको हुनसक्ने प्रहरीले जनाएको छ । छिमेकमा शवको गन्ध आएपछि स्थानीयवासीले प्रहरीलाई खवर गरेका थिए । प्रहरीले सेफ्टी ट्याङकीबाट शव निकाल्दा शरीरभरी नीलडाम थियो । ३२ बर्षीय श्रीमती शोभा बुढाथोकी फरार छिन । प्रहरीले हत्याको छानवीन गर्न तीनजनालाई पक्राउ गरेको छ ।



