राजनीतिक तनाव मेट्न एकान्त रुचाउने माओवादी दाहाल सिन्धुपाल्चोकतिर

Click on the slide!

हेलम्बू जान आएका माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई स्वागत गर्दै मेलम्चीका माओवादी कार्यकर्ता। दाहालका साथमा श्रीमती सीता, छोरा प्रकाश, कान्छी छोरी, पोलिटब्युरो सदस्य अग्नि सापकोटालगायत् छन्।

 

सिन्धुपाल्चोक – माओवादी अध्यक्ष पुष्पकमल दाहाल आइतबार साँझ सिन्धुपाल्चोकको पश्चिमी क्षेत्रमा अवस्थित पाल्चोक गाविसको ककनी आएका छन् । उनको साथमा परिवार साथै पोलिटब्युरो सदस्य अग्निप्रसाद सापकोटा छन् ।

दाहालको अनौपचारिक भ्रमण रहेको र उनी आराम गर्ने उद्देश्यले मनोरमस्थल ककनीमै आइतबार रात बिताएका छन् । दाहालसहितका नेताहरुले आइतबार हेलम्बुस्थित मेलम्ची खानेपानी आयोजनाको मुहानको निरीक्षणसमेत गरेको वाईसीएल जिल्ला संयोजक माधव सापकोटाले जानकारी दिए ।