कपिलवस्तुमा रात्रिकालिन कि्रकेट प्रतियोगिता पहिलो रातको खेलमा इन्डो नेपाल र महराजगाज विजयी

-गणेश चुदाली
अर्घाखाँची टाईम्स अर्घाखाँची प्रतिनिधि


कपिलवस्तुमा पहिलो पटक जिल्लास्तरीय रात्रिकालिन कि्रकेट प्रतियोगिता चन्द्रौटामा सुरु भएको छ । राष्ट्रिय उच्च माविको खेलमैदानमा गएराति सम्पन्न पहिलो खेलमा इन्डो नेपाल कि्रकेट क्लब कृष्णनगरले सामाजिक स-शक्तिकरण केन्द्र राजपुर चौंरीलाई २९ रनले हराउँदै सेमी फाइनलमा प्रवेश गरेको छ । टस जितेर पहिलो व्याटिङ गरेका इण्डो नेपालले १ सय ७ रनमा वनाएको थियो ।

 

त्यसैगरी दोस्रो खेलमा महाराजगंज कि्रकेट क्लव विजयी भएको छ । टस जितेर व्याटिङ गरेको महराजगाज कि्रकेट क्लब महराजगाजले शिवशक्ति युवा क्लब शिवपुरलाई १८ रनले हराएको छ । साँझ ७ बजेदेखि शुरु भएको खेल राति २ बजे मात्र सकिएको थियो । आज राति खेलिने खेलमा राइजिङ स्टार युवा क्लब चन्द्रौटा र इन्दे्रणी युवा क्लब भालुवाङ तथा बनगाई युवा क्लब र भिक्टोरी इलेभन कि्रकेट टिम इमिलियाबीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।

 

जिल्लामा पहिलो पटक आयोजना गरिएको रात्रिकालिन कि्रकेट प्रतियोगिताको लागि लाइट तथा जेनेटरको व्यवस्था मिलाइएको छ । गएरातीदेखि संचालन भएको खेलमा १३ वटा क्लबले भाग लिएका छन् ।