कबिता, प्रभा (किरण)

tvs
– मनिश पाण्डे क्षेत्री
गोदावरी पत्रका रंगहरूमा  
बसन्तको हरियाली उमंगहरूमा ।
सुनाखरीको मञ्जरीमा शोभित भईदिन्छु 
सुगन्ध बनि समिर संगै फैलिदिन्छु ।
निरुपम हिमकणका दिप्तिहरुमा  
जगत पद्धतिका सृष्टीहरुमा
गगन छुन कुहिरो बनी धर्ति भरिदिन्छु 
प्रभात सँगै स्नेहको स्पर्श गरिदिन्छु ।
गहिराईभित्र सरोबरको जलकणहरुमा
जलधिको नागबेली तरगंहरुमा 
रस बनी फुलहरूमा सुवास छरिदिन्छु 
थोपा बनि मेघको छल्किदै झरिदिन्छु ।
कोकिलको सुमधुर स्वरलहरीमा 
भोजपत्रको कोमल पल्लवीहरुमा 
ऋतु सँगै बदलावको मुल बनिदिन्छु 
अन्त्य सँगै प्रारम्भको जग खनिदिन्छु ।
 
प्रातको सितमणी टहकहरुमा
पर्वणीको चाँदनी चहकहरुमा 
पवन बनि जगतमा प्राण छरिदिन्छु
चेतना बनि जिवात्मामा स्मृति भरिदिन्छु । 
सुगन्ध बनी समिर संगै फैलिदिन्छु ।
सुनाखरीको मञ्जरीमा सोभित भईदिन्छु ।
रस बनी फुलहरूमा सुवास छरिदिन्छु ।
थोपा बनि मेघको छल्किदै झरिदिन्छु ।