– अशोक विश्वकर्मा
तनहुँ । तनहुँमा विगत तीन वर्षदेखि विश्व हिन्दु महासङ्घ शुक्लागण्डकी नगर समितिले पुरोहित तथा कर्मकाण्ड तालिम सञ्चालन गर्दै आएको छ ।
समाजमा हिन्दु धर्मको जगेर्ना गर्नुका साथै पुरोहित उत्पादन गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिममा महिला र दलित समुदायको सहभागितामा समेत वृद्धि हुन थालेको छ ।
कर्मकाण्ड तालिममा महिला र दलित समुदायको पहुँच वृद्धि गर्न उनीहरुलाई प्राथमिकता दिएर तालिम सञ्चालन गरिएको नगर समितिका अध्यक्ष नारायणप्रसाद घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार तालिममा अहिले ८ जना दलित समुदायका व्यक्तिसहित ३५ जनाले तालिम लिइरहेका छन् । तालिममा विभिन्न समुदायका ८ जना महिला समेत सहभागी छन् ।
तालिममा सहभागी जसबहादुर परियारले समुदायमा पुरोहित नपाउने समस्याको अन्त्यका लागि तालिम लिएको बताउनुभयो । ‘समुदायमा बाहुन पुरोहितहरू नजाने, आफ्नै समुदायमा भएका केही पुरोहितहरू नभ्याउने समस्याले पूजाआजामा विधि नपुग्ने गरेको पाइयो ।’ उहाँले भन्नुभयो, ‘दलित समुदायमा पुरोहितको अभाव पूर्ति गर्न तालिम लिइरहेको छु ।’ उहाँले समाजमा अन्य पुरोहित तयार पार्न चाहेको समेत बताउनुभयो ।