एक दिवसीय श्रृङखलाको उपाधिका लागि यूएईसँग प्रतिस्पर्धा गर्दै नेपाल

 

काठमाडौं । घरेलु मैदानमा आज नेपालले यूएईसँग एकदिवसीय श्रृङखलाको उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले युएईसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र युएईबीचको खेल बिहान ९ बजे सुरु हुनेछ ।

नेपाल र युएईबीचको यस खेल सिरिजको निर्णायक खेलको रुपमा रहेको छ । तीन खेलको सिरिज १-१ को बराबरीमा रहेको छ । यसअघि बुधबार भएकाे दाेस्राे खेलमा नेपाल ३ विकेटले विजयी भएकाे थियाे ।