रुपन्देही–३ बाट प्रतिनिधिसभामा राप्रपाका दिपक बोहोरा विजय

 

 

-राम प्रसाद आचार्य

रुपन्देही । रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राप्रपाका दिपक बोहोरा विजय हुनुभएको छ ।

Here is the latest vote counting update of Kathmandu - Nepal Live Today  Nepal Live Today

पछिल्लो मत परिणाम अनुसार बोहोराले ३६ हजार ६४८ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धामा रहनुभएका नेपाली कांग्रेसका बालकृष्ण खाणले ३४ हजार ६ मत

ल्याउनुभएको छ ।

Vote counting begins in Birgunj Metropolis - The Himalayan Times - Nepal's  No.1 English Daily Newspaper | Nepal News, Latest Politics, Business,  World, Sports, Entertainment, Travel, Life Style News

गृहमन्त्री समेत रहनुभएका खाण पाँच दलीय गठबन्धनबाट नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार हुनुहुन्थ्यो भने बोहोरा एमाले, राप्रपा र जसपाबीचको तालमेलका साझा उम्मेदवार हुनुहुन्थ्यो ।

त्यस्तै रुपन्देही क्षेत्र नम्बर ३ (२) प्रदेशसभामा नेकपा एमालेका तुलसीप्रसाद चौधरी र ३ (१) प्रदेशसभामा लोसपाका सन्तोष पाण्डे विजयी हुनुभएको छ ।