इरानलाई हराउँदै अन्तिम १६ मा अमेरिका

nettv-worldcup2022.jpg

अमेरिका फिफा विश्वकप २०२२ को अन्तिम १६ मा प्रवेश गरेको छ। मंगलबार मध्यराति भएको खेलमा इरानलाई १–० गोल अन्तरले पराजित गर्दै अमेरिकाले अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेको हो। समूह बीमा रहेको अमेरिकाले तीन खेलबाट ५ अंक हात पारेको हो।

इरानले भने समान खेलबाट ३ अंक मात्र जोड्न सक्यो। ७ अंक जोडेको इंग्ल्याण्ड समूहको शीर्षस्थानमा रह्यो। अब क्वार्टरफाइनल प्रवेशका लागि अमेरिकाले समूह ए को विजेता नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्नेछ।