विश्वकप फुटबल फाइनल : तेस्रो पटक उपाधि उचाल्ने दाउमा फ्रान्स र अर्जेन्टिना

 

WhatsApp_Image_2022-11-17_at_5.40.17_PM.jpeg

-अर्घाखाची डट्कम।

काठमाडौं – कतारमा जारी फिफा विश्वकपको फाइनल खेल आज (आइतबार) हुँदै छ । फाइनलमा उपाधिका लागि साविक विजेता फ्रान्स र अर्जेन्टिना भिड्दै छन् । कतारको सबैभन्दा ठूलो लुसैल रंगशालामा हुने फाइनल खेल नेपाली समयअनुसार राति ८:४५ बजेदेखि सुरु हुनेछ ।

फ्रान्स र अर्जेन्टिना दुवै टिम तेस्रोपटक विश्वकपको उपाधि जित्ने लक्ष्यमा मैदान उत्रिनेछन् ।

यसअघि अर्जेन्टिनाले १९७८ र १९८६ को संस्करणको उपाधि जितेको थियो । भने फ्रान्सले १९९८ र २०१८ संस्करणको उपाधि जितेको थियो ।

Nepal Life Insurance

फ्रान्स चौथोपटक विश्वकपको फाइनलमा पुगेको हो । फ्रान्सले यसअघि १९९८, २००६ र २०१८ को विश्वकप फाइनल खेलेको थियो ।

अर्जेन्टिना भने छैटौँपटक फाइनलमा प्रवेश गरेको हो । अर्जेन्टिना यसअघि १९३०, १९७८, १९८६, १९९० र २०१४ मा भएको विश्वकपको फाइनलमा प्रवेश गरेको थियो ।