सरकारमा जानेबारे निर्णय गर्न जसपा राजनीतिक समितिको बैठक बस्दै

 

 

 

1903-x-650_1.jpg

 

काठमाडौँ – जनता समाजवादी पार्टी(जसपा) नेपाललेकाे राजनीतिक समितिको बैठक साेमबार बस्दैछ।

आ‍ज बिहान ११ बजे ललितपुरको भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बैठक बस्ने जसपाका एक नेताले जानकारी दिए।

ती नेताका अनुसार जसपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’काे नेतृत्वकाे सरकारमा सहभागी हुने/नहुने बारेमा छलफल गर्नका लागि उक्त बैठक बाेलाएकाे हाे।

भाेलि मंगलबारसम्म चल्ने बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रममा समेटिनुपर्ने पार्टीका मुद्धा र सरकारमा सहभागिता जनाउनेबारे निर्णय गर्ने हुनेछ।

images

शनिबारको कार्यकारिणी समितिको बैठकले सरकारमा जाने विषय टुंगो लगाउने जिम्मा राजनीतिक समितिलाई दिएको थियो।

images

त्यसबाहेक चुनावको समीक्षा, विधान अधिवेशन र दलहरूसँग एकताका लागि वार्ता समिति गठन लगायतका एजेण्डा पनि छन्।