कर्णालीका मुख्यमन्त्री शर्माले लिए शपथ

 

 

सुर्खेत: कर्णालीका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनी बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री शर्मालाई कर्णालीका प्रदेश प्रमुख तिलक परियारले बिहीबार एक समारोहकाबीच शपथ ग्रहण गराएका हुन् । मुख्यमन्त्रीले शपथ लिएसँगै बिहीबार नै मन्त्रिमण्डल पनि विस्तार गरेका छन् ।

कर्णालीका मुख्यमन्त्री शर्माले लिए शपथ

मुख्यमन्त्री शर्माले एमालेका विनोदकुमार शाह र माओवादीका सांसद मंगलबहादुर शाहीलाई मन्त्रीमा नियुक्त गरेका हुन् । दैलेखको निर्वाचन क्षेत्र नं २ (ख) बाट निर्वाचित शाह र मुगुको प्रदेशसभा (ख) बाट निर्वाचित शाहीले पनि बिहीबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

उनीहरुको मन्त्रालय भने तोकिएको छैन । सत्ता गठबन्धनमा थप छलफल गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने र मन्त्रालयको पनि भागबण्डा गर्ने तयारीमा मुख्यमन्त्री छन् ।