लाेग्‍नेलाई व्यंग्य गरेको शाकिराको गीतले बनायो रेकर्ड

 

 

-एजेन्सी ।

लन्डन- कम्बोडियन गायिका शाकिराले आफ्ना पूर्वपति जेरार्ड पिकेले धोका दिएको विषयमा बनाएको गीतले युट्युबमा नयाँ रेकर्ड राखेको छ ।

Quais são os clipes de Shakira mais assistidos no YouTube?

बार्सिलोनका डिफेन्डर पूर्वपति जेरार्ड पीकेले परस्त्रीसँग सम्बन्ध राखेको भन्दै तयार पारेको डिस ट्रयाकले अपलोड भएको २४ घण्टामा ६३ मिलियन बढी भ्युजको आँकडा पार गरेको हो । गीतमा उनले पिकेकी २३ वर्षीया नयाँ प्रेमिकाको कुरा गरेकी छिन् ।

गीतमा उनले कर नतिरेको भनी पछि लागेका स्पेनिस कर अधिकारीलाई पनि व्यंग्य गरेको बीबीसीले उल्लेख गरेको छ । उनले गीतमा आफैँलाई पनि उडाउन बाँकी राखेकी छैनन् । गीतमा उनले आफरुले धेरै समय जिममा खर्चिएको तर दिमागले पनि केही काम गर्नुपर्ने बताएकी छिन् ।

Shakira's 'Waka Waka' hits one billion views | Entertainment News,The  Indian Express

अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीका अनुसार उक्त गीतले ल्याटिन गीतहरूमध्ये छोटो समयमा सर्वाधिक बढी हेरिएको युट्युब रेकर्ड राखेको छ । ४५ वर्षीया शाकिरा र स्पेनिस पूर्व फुटबलर ३५ वर्षीय पीके १० वर्षको सम्बन्धपछि सन् २०२२ मा अलग्गिएका थिए ।यसअघि जे ब्याभ्लिन, लुइ फोन्सी र ड्याडी यान्कीले राखेको रेकर्ड शाकिराको यो गीतले तोडेको हो । चार मिनेट लामो यो पप गीत शाकिरा र अर्जेन्टिनी प्रोड्युर तथा डीजे बिजा¥याप बीचको पहिलो सहकार्य हो ।