जबरजस्ती करणी : जेल गएका व्यक्तिबाट जेलभित्रै महिलामाथि बलात्कार

 

-सुदीप भण्डारी

दाङको तुलसीपुर कारागारभित्र एक महिला बन्दीमाथि जबरजस्ती करणी भएको छ।आफूमाथि जबरजस्ती करणी भएको भन्दै ति महिलाले कारागारकै बन्दी तुलसीपुर उपमहानगरपालिका ६ डुम्रीगाउँका २८ वर्षीय खुमबहादुर चौधरीमाथि किटानी जाहेरी दिएकी हुन्। चौधरीमाथि अनुसन्धान र कारबाही प्रक्रिया चलिरहेको छ।

घटना गत कात्तिकमा भएको भएपनि अहिले आएर सार्वजनिक भएको हो।

कात्तिक १७ गते दिउँसो सवा २ बजे कारागारको भान्छा कोठामा चौधरीले जबरजस्ती करणी गरेको महिलाको आरोप छ।

अभियुक्त चौधरीले जबरजस्ती करणी मुद्दामा नै कैद भुक्तान गरिरहेका छन्। महिला ठगी मुद्दामा कैद भुक्तान गरिरहेकी छन्।

जबरजस्ती करणीमा जेल गएका व्यक्तिबाट जेलभित्रै महिलामाथि बलात्कार

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीका अनुसार कारागारमा चौधरी पुरुष बन्दी तर्फको चौकिदार र अर्की महिला बन्दीतर्फकी चौकिदार थिइन्। चौकिदारहरुलाई आवश्यकता अनुसार अरु बन्दी भन्दा खुकुलो हुने गर्दछ।

कारागारको भान्सामा महिलाले तातोपानी तताएर भाँडा माझ्दै गरेको अवस्थामा चौधरी पसेर कोठाको चुक्कुल लगाइ जबरजस्ती गरेको महिलाले दिएको जाहेरीमा उल्लेख छ। आफू चिच्याउन लागेपछि मुख बन्द गरेर जबरजस्ती करणी गरेको पीडितले प्रहरी समक्ष बताएकी छन्।

images

उजुरी आएपछि कारागार प्रशासनसँग समन्वय गरेर अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक केसीले बताए। अनुसन्धान पुरा गरेर कात्तिक २८ गते सरकारी वकिलको कार्यालय मार्फत जिल्ला अदालत दाङमा मुद्दा दर्ता गरिएको थियो।

images

उक्त घटनामा महिलाको उमेर अनुसार अभियुक्त खुमबहादुर चौधरीलाई  ७ देखि १० वर्षसम्म कैद सजाए मागदाबी गरिएको प्रहरी निरीक्षक केसीको भनाइ छ।

मुद्दाको क्रममा गत पुस १६ गते आरोपित, पीडित लगायत साक्षीहरूको बकपत्र भएको थियो। मुद्दामा फैसला आउन बाँकी छ।

images

अहिले पीडित तुलसीपुर कारागारमा रहेको र अभियुक्त चौधरीलाई घोराही कारागारमा स्थानान्तरण गरिएको छ।