लुम्बिनी प्रदेश सरकार : मन्त्रिपरिषद्ले पायो पूर्णता , गुपचुपमा मिलाइयो कृष्णा केसीको राजीनामा

 

 

बुटवल । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। मुख्यमन्त्री लीला गिरी नेतृत्वको मनित्रपरिषद्ले शनिबार साँझ पूर्णता पाएको हो।

No description available.

मुख्यमन्त्री गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार गरेका छन्।

प्रदेश प्रमुखको कार्यालयका अनुसार आर्थिक मामिलामन्त्रीमा जोखबहादुर महरा बनेका छन्। यस्तै, चेतनारायण आचार्य खानेपानी, ग्रामिण तथा शहरी विकासमन्त्री, इन्द्रजित थारु भौतिक पूर्वाधार विकास, विष्णुप्रसाद पन्थी स्वास्थ्यमन्त्री र कृष्णा केसी आन्तरिक मामिला, कानुन तथा सहकारीमन्त्री बनेका छन्।

यसैगरी, दुर्गाप्रसाद चौधरी वन तथा वातावरण, जानकीप्रसाद यादव उद्योग, पर्यटन तथा यातायात व्यवस्था, तुलसीराम शर्मा, कृषि तथा भूमि व्यवस्थामन्त्री बनेका छन्।  त्यस्तै चन्द्रदेव गुप्ता सामाजिक विकासमन्त्री नियुक्त भएका छन्।

शनिवार नै राजीनामा दिएकी माओवादी केन्द्रकी नेतृ कृष्णा केसी पनि मन्त्रिपरिषद्मा छन् । उनलाई आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ । मुख्यमन्त्रीसहित मन्त्रिपरिषद् १० सदस्यीय भएको छ ।

लामो समयसम्म मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन भने मन्त्रीहरूको जिम्मेवारी पनि तोकिएको थिएन । शनिवार दिउसो राजीनामा दिएको प्रचार गरिएकी मन्त्री कृष्णा केसीको राजीनामा गुपचुपमा थामथुम पारिएको छ ।

पार्टीको आन्तरिक विवादमा उनले राजीनामा दिएको प्रचार गरिए पनि त्यो पत्र पार्टी तथा मुख्यमन्त्री कार्यालयमा पुगेको थिएन ।

 

मन्त्रिपरिषद् विस्तार यस्तो रहेको छ।