नयाँ गठित कार्यसमितिको उपाध्यक्षमा गिरिराज पाण्डे, सचिव राहुल कुमाल मुस्कान, सह सचिव शेषकान्त न्यौपाने, र सहकोषाध्यक्षमा प्रकाश रायमाझी रहनु भएको छ । नव गठित कार्यसमिती सदस्यमा भिमबहादुर कुमाल, कमला मुस्कान र राजु घिमिरे रहनु भएको छ भने समाजको सल्लाहकारमा पुर्व अध्यक्षहरु क्रमश: टुमलाल पाण्डे, दिनामणी पाण्डे, खुमानन्द लामीछाने र सस्थाको संरक्षकमा इन्दिरा पराजुली रहनु भएको छ ।
कार्यसमितिको कोषाध्यक्ष पद भने खाली छ । नवगठित कार्यसमितीले आगामी पहिलो बैठकबाट रिक्त पद पुर्ती गर्ने समाजका अध्यक्ष पाण्डेले जानकारी दिनुभयो । पांचौ वार्षिक भेलाले समाजलाई थप उर्जाशिल रुपमा स्थापित गर्न दुबईमा रहनुभएका सम्पूर्ण बल्कोटेहरुलाई सस्थामा आबद्द गराउदै बल्कोटमा आइतबार बिहानबाट हालसम्म भईरहेको आगलागीका कारण ठुलो क्षती भएकाले दु:ख ब्यक्त गरेको छ ।
अर्घाखाँचीको छत्रदेव गाउपालिका अन्तर्गत साविकको बल्कोटबाट दुबई युएईमा आएर काम तथा बिभिन्न पेशा गर्दै गरेका युवाहरुले ५ बर्ष पहिले स्थापना गरेको बल्कोट सम्पर्क समाज युएईले जिल्ला तथा गाउमा बिभिन्न सामाजिक काम गर्दै आएको छ ।
गाउंमा समस्यामा परेका, रोगबाट थलिएका आर्थिक अवस्था कमजोर भएका , तथा गाउंठाउमा परी आउने दैवी प्रकोप तथा बिभिन्न सामाजिक काममा समाजलाई सकृय रुपमा परिचालित गर्ने समाजका सचिव राहुल कुमाल मुस्कानले बताउनुभयो ।