शितगंगा : जलुकेकाे लाहापेमा नि:शुल्क आँखा परिक्षण तथा माेतियाबिन्दुकाे अप्रेसन शिविर हुने

 

 

-अनिल नेपाली , अर्घाखाची डट्कम। 

अर्घाखाची । अर्घाखाँची जिल्लाकाे  नगरपालिका वडा नं. ७ जलुकेकाे लाहापेमा नि:शुल्क आँखा परिक्षण तथा माेतियाबिन्दुकाे अप्रेसन शिविर हुने भएको छ ।

No description available.

सहकारीको सातौं सिद्धान्त समुदाय प्रतिको चासो र युवा परिषद्को सामाजिक उत्तरदायित्वको मर्म र भावनालाई आत्मसाथ गर्दै जिल्लाको अन्त्न्तै विकट क्षेत्र मानिने क्षेत्रका विपन्न वर्गहरुलाई लक्षित गर्दै फागुन १० गते बुधबारका दिन आँखा परिक्षण तथा माेतियाविन्दुकाे अप्रेसन शिविर हुने साथी सहकारीका अध्यक्ष प्रकाश भुसालले बताए ।

विहान ८ बजेदेखि लामातालमा नेत्र ज्योति संघ,अर्घाखाँचीको प्राविधिक सहयोग र भैरहवा आँखा अस्पतालका विशेषज्ञ डाक्टरहरुवाट निशुल्क आँखा परिक्षण, औषधी वितरण र मोतियाविन्दु अप्रेसन शिविर संचालन हुन लागेकोले समयमै उपस्थित भई मौकाको फाईदा उठाउन आयाेजकले आग्रह गरेका छन् ।

images

अर्घाखाँचीकाे क्षेत्र लामाताल र प्युठानका समेत निम्न आय भई भैरहवा काठमाडौं जान नसक्ने अति विपन्न हरूका लागि शिविर महत्त्वपूर्ण हुने अर्घाखाँची युवा परिषद्ले जनाएको छ ।

 

images

नि:शुल्क आँखा परिक्षण तथा माेतियाबिन्दुकाे अप्रेसन शिविर : 

No description available.

images

अन्य समाचारहरु