पशुपतिमा भक्तजनलाई सहयोग : कोटेश्वरस्थित सहयोगी मन ग्रुपले भक्तजनहरुलाई गर्‍यो सहयोग

 

-सुभाष ज्ञवाली

शिवरात्रीको दिन आराध्यदेव भगवान पशुपतिनाथ क्षेत्रमा सहयोगी मनहरुले भक्तजनहरुलाई सहयोग गरिरहेका छन ।

कोटेश्वरस्थित सहयोगी मन ग्रुपले भक्तजनहरुलाईए ग्लुकोज पानी खुवाएर सहयोग गरिरहेका छन् । गर्मी बढेसंगै पानीको प्यास मेटाउन पानी र सरिरको पसिना बगेको शक्ति सन्तुलनलाई सन्तुलित राख्न ग्लुकोज पानी खुवाएर सहयोग गरेको संस्थाकी अध्यक्ष कमला पौडेलले जानकारी दिइन् ।

No description available.

आज शिवरात्रीको दिन यो सहयोगी मन ग्रुप मात्र होइन । धेरै संस्थाहरुले पशुपति क्षेत्रमा सहयोग गरेको पाइएको छ । जस्तै पर्शा मिलन केन्द्रले जिवन जल, सिटामोल, प्रेसर, सुगर, जाँच सेवा गरेको छ ।

नेत्रज्योती संघले आँखा, सुगर, प्रेसर, हिमालद्वारा खानेपानी, ब्रह्म सेवा समितिले खिर, हलुवा तरकारी, विहान नास्ता, दिउसो खाना, खाजाको निशुल्क व्यवस्थापन गरेको छ । त्यस्तै मारमावाडी सेवा समितिले सोही बमोजिम सहयोग गरेको छ ।