शिवरात्रिमा आएका साधुसन्तको बिदाइ (फोटो फिचर)

 

काठमाडौं। पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रीमा सहभागी हुन आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरेको छ।

सोमबार कोषले भारतसहित विभिन्न देशबाट आएका चार हजारभन्दा बढी साधुसन्तको बिदाइ गरेको हो।

 

वरीयताका आधारमा दक्षिणा र रुद्राक्षको माला दिएर साधुसन्तको बिदाइ गरिएको छ।

 

साधुसन्तको वरीयताको आधारमा ५०० देखि आठ हजार रुपैयाँसम्म दक्षिणा दिएर बिदाइ गरिएको कोषले जनाएको छ।

फोटो फिचर : डिसी नेपाल